९ आश्विन २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार

जर्मनी युरोको क्वाटरफाइनलमा

१६ असार ,काठमाडौं । आयोजक राष्ट्र जर्मनी युरो २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थान पक्का गरेको हो । जर्मनीको जीतमा केइ हार्भाटेज र जमाल मुसेएलाले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्ककका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चित गर्दै पेनाल्टी दिइएको थियो ।

सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए ।

६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो ।

त्यसपछि थप गोल नभएपछि अन्ततः जर्मनी २–० को जितका साथ क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । जर्मनीले क्वाटरफाइनलमा स्पेन वा जर्जियासँग खेल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्