३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दाङको बबई नदीमा एक महिला बेपत्ता

१९ असार,  दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् । बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्