३ आश्विन २०८१, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

२० असार,जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा रु ३४ करोड ५५ लाख ७५ हजार विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ ।

समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । उनले भने–“उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व रु १६ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ११ लाख मात्र उठेको छ ।” आर्थिक वर्ष २०८१/८२ मा पालिकाले रु १८ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट रु पाँच करोड एक लाख ४४ हजार बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्