४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

युरोकप : क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनी आमनेसामने

२१ असार, काठमाडौं । जारी युरोकपमा आजदेखि क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन् ।

क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुँदै छ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो ।

त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो ।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

०००

 

प्रतिक्रिया दिनुहोस्