२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मोडेलमा सहभागी गराउने समझदारी

२१ असार, काठमाडौं । शिक्षा, विज्ञानतथाप्रविधिमन्त्रालय र ऊर्जा, जलस्रोत तथासिँचाई मन्त्रालयबिच सीटीईभीटी (प्राविधिकतथाव्यावसायिकशिक्षा परिषद्)का विद्यार्थीलाई कार्यस्थलमाआधारित सिपमूलकतालिमकालागिद्विपक्षीय समझदारी पत्रमाहस्ताक्षर भएको छ।

यस सम्झौताले सीटीईभीटीविद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ। बिहीबार शिक्षामन्त्री सुमनाश्रेष्ठ र उर्जामन्त्रीशक्तिबहादुर बस्नेतले सिंहदरबारमा आयोजित एक समारोहमाउक्त समझदारी पत्रमाहस्ताक्षर गरेका हुन् । कार्यक्रममाऊर्जा मन्त्रालयका सचिव सरितादवाडी र शिक्षामन्त्रालयका सचिवडा. दीपककाफ्लेको समेत उपस्थितिथियो। सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले पनि समारोहमाउपस्थितरहेको थियो ।

सम्झौतापत्रमाहस्ताक्षर पछिशिक्षामन्त्री सुमनाश्रेष्ठले हाम्रो शिक्षाले श्रम बजारको मागअनुसारको सिपदिन सक्नुपर्नेबताईन् । ‘सोह्रौँ योजनाले पनि७०–३० अर्थात् सत्तरी प्रतिशतप्राविधिकशिक्षा र ३० प्रतिशतनियमितशिक्षामाजानुपर्ने भनेको छ। हाम्रायुवाहरूलाई देशमै रोक्ने भनेको रोजगार दिएर मात्र सक्छौँ।’– मन्त्रीश्रेष्ठले भनिन्
कार्यक्रममा नेपालविद्युत् प्राधिकरणकाकार्यकारी निर्देशककुलमानघिसिङले यो सम्झौतापत्रकार्यान्वयनमा लैजान सके अशलअभ्यासको विस्तार हुनेबताए। विद्युत् प्राधिकरणले विभिन्न परियोजनामाअहिले पनिइन्टर्न राखिरहेको र उनीहरूको काम र अनुभवएकदमै राम्रो रहेको बताए ।

यस्तै उर्जामन्त्रीशक्तिबहादुर बस्नेतले हामीले सिप र श्रमलाई संस्कृतिबनाउननसकेकाले विद्यार्थीलाई कार्यस्थलमै लगेर कमाउँदै व्यवहारिक सिपसिकाउन यो सम्झौता गरिएको बताए। ‘ढल्केवरको एउटाटनेलको काममा ५०० जनाश्रमिकथिए। एक जनापनिनेपाली रहेनछ। हाम्राप्राविधिकशिक्षाकाविद्यार्थीहरूलाई कार्यस्थल र श्रमसँग जोड्न यो सम्झौता कोशेढुंगा साबित हुनेछ।’– मन्त्रीबस्नेतलेभने समझदारी पत्रको मुख्यउद्देश्य “कमाउँदै सिक्दै“ (भिबचलष्लन धजष्भिभबचलष्लन०भन्ने अवधारणालाई सिपविकासमार्फत कार्यान्वयनमाल्याउनु हो।

यस अवधारणाले विद्यार्थीलाई कार्यस्थलमाआधारित सिकाइद्वारा सिपविकासमागुणस्तर अभिवृद्धि गराउनेछ भने विद्यार्थीहरूको वृत्तिमार्गलाई स्पष्टपार्दै एप्रेन्टिसलाई उत्प्रेरित गर्न मद्दत पुर्या‍उनेछ।

यस सम्झौताले खासगरी सीटीईभीटीमाअध्ययनरत विद्यार्थीहरूलाई ऊर्जा मन्त्रालयमातहतकानिकायहरूद्वारा सञ्चालितविकास परियोजनाहरूमा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउनेछ। सम्झौताअनुसार ऊर्जा मन्त्रालयले एप्रेन्टिस परिचालन गर्न आवश्यक परियोजनाहरूको सम्बद्धविषय र क्षेत्रको विवरणपाठ्यक्रमविकासको लागिशिक्षामन्त्रालयलाई उपलब्ध गराउनेछ। ऊर्जा मन्त्रालयले तालिमकार्यक्रम संचालनकालागिप्राविधिकशिक्षातथाव्यावसायिकतालिम परिषद्को प्रचलितनियमअनुसार हुनआउने आर्थिक स्रोत शिक्षामन्त्रालयलाई उपलब्ध गराउनेछ।

शिक्षामन्त्रालयले ऊर्जा मन्त्रालयका परियोजनाको आवश्यकताबमोजिमको पेशातथाव्यवसायमाकार्यस्थलमाआधारित पाठ्यक्रमनिर्माण, परिमार्जन र अद्यावधिक गर्ने जिम्मेवारी लिनेछ। ती परियोजनाहरूमाआवश्यक पर्ने तालिममा सहभागीहरूको समूहगत सङ्ख्या तथा पेशागतदक्षताको विवरणउपलब्ध गराउने र सो विवरणपाठ्यक्रमले निर्धारण गरे बमोजिमको हुनेछ। सिपविकास तथाकार्यस्थलमाआधारित एप्रेन्टिसशिपकार्यक्रम सञ्चालनकालागि परीक्षा, सिप परीक्षण, स्तरीकरण, प्रमाणीकरणतथाछनोटकामापदण्डनिर्धारण गर्ने व्यवस्थामिलाउने जिम्मेवारी शिक्षामन्त्रालयको हुनेछ।

समझदारीको कार्यान्वयनमाआवश्यक समन्वय गर्नका लागिदुवै पक्षबाट सम्पर्क व्यक्तितोकीजिम्मेवारी दिने र सोको जानकारी एक अर्कालाई उपलब्ध गराइने सम्झौतामाउल्लेख छ। सीटीईभीटीबाटउत्पादितजनशक्तिलाई रोजगारीमा जोड्नको लागि रोजगार प्रदायक संस्थाहरूसँग ऊर्जा मन्त्रालयको समन्वयमा सहकार्य र सहजीकरणतथा अप्रेन्टिसशिप सम्बन्धमाप्रचार प्रसार गरिनेछ।

सम्झौताले दीर्घकालमा नेपालकायुवाहरूलाई आवश्यकप्राविधिकतथाव्यावसायिकसिपप्रदान गरी देशको आर्थिक र सामाजिकविकासमामहत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ। यस समझदारीमार्फत ऊर्जा मन्त्रालयकाविभिन्न परियोजनामाविद्यार्थीहरूको सक्रिय सहभागिताहुनेछ, जसले उनीहरूको व्यवहारिक सिपमा सुधार ल्याउनेछ र रोजगारको अवसर बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्