३१ भाद्र २०८१, सोमबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

२३ असार , काठमाडौं । कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आइतबार विहान भएको खेलमा पानामामाथि ५–० गोलको एकतर्फी जित निकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा ३ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा अरु २ गोल थपेको थियो ।

जोन एन्ड्रेस क्रोडोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । १५ औं मिनेटमा कोलम्बियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो ।

कोलम्बियाका जेम्स रोड्रिगेजले पेनाल्टीमा गोल गरेका थिए । ४१ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा ३–० को अग्रता लियो ।

दोस्रो हाफको ७० औं मिनेटमा रिचार्ड रियोसले गोल गरेपछि कोलम्बिया एकतर्फी र फराकिलो जिततर्फ अग्रसर बन्यो ।

अतिरक्त समयको चौथो मिनेटमा कोलम्बियाका लागि मिगुएल ब्रोजाले गोल गरेपछि अन्ततः खेलको नतिजा ५–० का निस्कन पुग्यो ।

कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्