३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाज सुदूरपश्चिम

एपीएफ र सुदूरपश्चिमले जित्यो बास्केटबल उपाधि

२३ असार , काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा भएको पुरुष फाइनलमा एपीएफले बागमती प्रदेशलाई ३९–२० ले पराजित ग¥यो ।

गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६–१६ ले हराउदै तेश्रो भयो । महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० ले पाखा लगायो । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई १२–८ ले पन्छ्याउदै तेश्रो बन्यो ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्