८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति समाज

बाढी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण

२३ असार , काठमाडौं । सांसदहरुले मनसुनी वर्षाका कारण पहाडमा पहिरो र तराईमा बाढी पसेको भन्दै राहत र उद्धारको कार्यहरु अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपुर्ति र पीडितलाई राहत दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । संसदमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले यस्तो दुखद र विपदको घडिमा सबै राजनीतिक दललगायत सरोकारवालाहरुलाई जनतालाई सहयोग गर्न अपिल गरे ।

उनले भने, ‘निरन्तर वर्षा भइरहेका बेला माननीय गृहमन्त्रीले जसरी हामीसँग तयारीको कुरा गरिरहनुभएको थियो त्यसलाई अझ व्यवस्थित गरेर जनताको दुःखमा मलमपट्टी लगाउनका लागि लागिरहनका लागि म विषेश आग्रह गर्न चाहन्छु ।’त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रहरुमा उत्पन्न बाढी, पहिरो र सडक सुरक्षामा उत्पन्न परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराइन् ।उनले भनिन्, ‘म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।

काठमाडौं उपत्यकासहित देशभरी भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा समेत बाढी आएको छ । उचित व्यवस्थापन र पीडितलाई राहतको व्यवस्था गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्