३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

२४ असार, मकवानपुर । बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेल समक्ष राजीनामा पेस गरेका छन् ।

एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन् । केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो ।

प्रतिक्रिया दिनुहोस्