९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाज

सबै पक्षको सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्दैन्’

२४ असार , काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै पक्षको सक्रिय सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न नसक्ने बताएका छन् ।

सोमबार संक्रमणकालीन न्यायका सम्बन्धमा आयोगबाट भएका प्रयास र सुझावबारे छलफल कार्यक्रममा उनले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनका लागि सरकार, पीडित र द्वन्द्वमा लागेका माओवादी पक्ष सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए ।

उनले भने, ‘यो संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनको लागि सरकार क्रियाशील हुनपर्यो, पीडित पक्षको पनि त्यसमा सहभागिता हुनुपर्यो र द्वन्द्वमा लागेका माओवादी पक्ष सबैको समृद्ध सहयोग नभएसम्म टुङ्गोमा पुग्न सक्दैँन् । यसमा सबैको सहयोग चाहिन्छ ।’

उनले पूर्ण ऐन नभएको कारण संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न नसकेको भन्दै ऐन बन्ने क्रममा रहेको बताए ।

उनले भने, ‘संक्रमणकालीन न्यायको कुरा टुङ्गोमा पुग्न नसकेको भन्दै प्रश्नहरु उठ्न थालेको छ । यस विषयमा सरकार पनि लागेको हो, दुईवटा आयोग पनि बनेको हो । तर टुङ्गोमा पुग्ने अवस्थामा छैन् । किनभने ऐन परिपूर्ण थिएन्, त्यो ऐन पर्याप्त भएन । त्यसकारणले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन सकेका छैनौ । सर्वोच्च अदालतले पनि त्यसलाई पूरा गर भनिरहेको छ तर ऐन बन्ने क्रममा छ ।’

सबैले न्याय पाउनुपर्छ र न्याय पाउने अवस्था सिर्जना गर्नको लागि सबैजना मिलेर लाग्नुपर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्