९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार राजनीति समाज

चीन भ्रमण सकेर उपसभामुख स्वदेश फिर्ता

२४ असार , काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मित्रराष्ट्र चीनको सात दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छिन् ।
उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्किएकी हुन् ।

स्वदेश फर्केपछि उपसभामुख राणाले भ्रमण उपलब्धीमुलक भएको बताइन् । उनले तिब्बतमा पर्यावरण, कला तथा संस्कृतिको संरक्षण र दिगो बिकासका लागि भैरहेका प्रयासहरुबाट धेरै कुरा सिक्न जरुरी रहेको बताइन ।भ्रमणका क्रममा उपसभामुखले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिएन । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य सुहाङ नेम्बाङ तथा उपसभामुखका स्वकिय सचिव कुमार नेपाली समेत सहभागी थिए । फोरममा भाग लिन माननीय उपसभामुखको भ्रमण टोली यही असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

यसैगरी फोरममा सहभागी हुन चीन जानुभएका राष्ट्रिय सभाका निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सोमबारै स्वदेश फर्किएका छन् । उनले फोरममा सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र (तिब्बत)का पार्टी सचिव वाङ चुनचङसँग भेटवार्ता पनि गरेका थिए ।

भेटका अवसरमा निर्वतमान अध्यक्ष तिमिल्सिनाले नेपालको बिकासमा चीन सरकारले पु¥याएको सहयोग लागि धन्यवाद दिदै चीन संग जोडिएका सिमा नाका बाह्रै महिना नियमित सञ्चालन गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासालगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्