५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन पक्राउ

२४ असार , काठमाडौं । अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालक पक्राउ परेका छन् ।

असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरूङ ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन् ।

उनीसहित तीन जना साथीहरू गोंगबुबाट हात्तीवन जान लागेका थिए ।  तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी अनुसहितलाई लग्दै थिए । जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् ।

मोटरसाइकलबाट
खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सिबिएट मोटरसाइकलले अनुलाई ठक्कर दिएको थियो । ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा असार १८ गते मृत्यु भएको थियो ।

दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट फरार भएका थिए । पछि प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त अपरेसन गरी तीन जनालाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।

काठमाडौं । अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालक पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्