२३ भाद्र २०८१, आईतवार
पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटकीयस्थल शैलुङ जाने सडक अवरुद्ध

२५ असार, रामेछाप । आकर्षक पर्यटकीयस्थल शैलुङ जाने सडक अवरुद्ध भएको छ ।

ठाउँ ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको स्थानीय दावासङ्बु शेर्पाले जानकारी दिए । सडक अवरुद्ध भएपछि वर्षाको समयमा शैलुङमा रमाउन जाने पर्यटक समस्यामा परेका छन् ।

निरन्तरको वर्षाको कारण दोरम्बादेखि माथिको सडकमा ठाउँ ठाउँमा पहिरो गएको छ । गएको हिउँदमा स्तरोन्नति गरिएको कच्ची सडकको ठाउँ–ठाउँमा पहिरो खसेको शेर्पाले बताए ।

सडक अवरुद्ध भएपछि पर्यटक मात्रै होइन शैलुङ क्षेत्रबाट जिल्ला सदरमुकाम तथा काठमाडौं आउजाउ गर्ने स्थानीयलाई समेत समस्या परेको छ । सडक बन्द भएपछि किसानले उत्पादन गरेको आलु लगायतका तरकारी बजारसम्म र्पुयाउन पनि कठिनाइ भएको छ ।

अविरल वर्षाको कारण रुख र बिजुलीका पोल ढल्दा सो क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । पानी परिरहेकोले सडक खुलाउने तथा विद्युत् सुचारु गर्ने काम हुन सकेका छैन ।

प्रतिक्रिया दिनुहोस्