४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

विपद्मा सरकार के गरिरहेको छ, जानकारी चाहियो : रमेश लेखक

२५असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले सरकार विपद्को समयमा जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लेखकले मनसुनी वर्षासँगै आएको बाढी पहिरोमा परी घाइते भएका नागरिकहरु उपचार र प्रभावितलाई रहतका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी नभएको बताए ।

उनले भने, ‘बाढी पहिरोमा परि घाइते भएका नागरिकहरुको उपचार र प्रभावितलाई रहतका लागि सरकारले के गरिरहेको छ भन्ने विषय अझै पनि जानकारी गराएको छैन । यो दुखको विषय हो । प्रधानमन्त्री र मन्त्रीज्यूहरु संसदमा उपस्थिति जनाइरहनुभएको छैन । सरकारले विश्वासको मत लिने तयारी गरिरहनुभएको छ । संविधान अनुसार सरकारले विश्वासको मत लिनुपर्नेमा केही दुविधा छैन । सरकारले तीस दिन समय लिओस् । सरकारमा हुँदा देश र जनताप्रति उत्तरदायी भइदिनुपर्यो ।’

लेखकले देशभर आएको बाढी र पहिरोमा परि ७४ जनाको मृत्यु, ६ जना वेपत्ता र ८६ जना घाइते भएको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

‘अविरल वर्षाका कारण देशभर बाढी र पहिरो गइरहेको छ । प्राप्त जानकारी अनुसार ७४ भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । ६ जनाभन्दा बढी वेपत्ता भएको स्थिति छ । ८६ जना घाइते भएका छन् । ठुलो संख्यामा जन र धनको क्षति भएको छ । कञ्जनपुरमा पनि यो वर्षपनि औसतभन्दा बढि वर्षा भइरहेको छ । म सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । जिल्लाको कृष्णपुर र पुनर्वास गाउँपालिका लगायतका क्षेत्रमा ठुलो धन जनको क्षति भएको छ । देशभरिमा हजारौं मानिसहरु विस्थापित भएका छन् । अर्वौ रुपैयाँ बराबरको क्षति भएको छ,’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्