१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

जलस्रोत विधेयक दफावार छलफलका लागि समितिमा

२५ असार, काठमाडौ । प्रतिनिधिसभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का तर्फबाट सिँचाई मन्त्री बस्नेतले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ पनि पेस गरे ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभारसम्बन्धी र विधेयक प्रमाणिकरणसम्बन्धी पत्र पढेर सुनाइको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २७ गते दिउँसो ४ चार बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्