३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

रूसी अदालतद्वारा नाभाल्न्यालाई गिरफ्तारीको आदेश

२६ असार, रुस । मस्कोको एक अदालतले दिवंगत विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीकी पत्नी युलिया नाभाल्न्यालाई उहाँ देशमा नरहेको समयमा पक्राउ आदेश दिएको उहाँका प्रवक्तालाई उद्धृत गर्दै मङ्गलबार सिएनएनले जानकारी गराएको छ ।

मस्कोको बासमनी जिल्ला अदालतले नाभाल्न्यालाई ‘चरमपन्थी सङ्ठनमा संलग्न भएको’ आरोप लगाएको प्रवक्ता किरा यर्मिसले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

नावाल्न्याको नाम पनि अन्तर्राष्ट्रिय ‘वाञ्छित सूची’मा समावेश गरिएको रूसी सञ्चारमाध्यम आरआईए नोभोस्तीलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

अदालतले नाभाल्न्यालाई थप हिरासतमा राख्न रूसको अनुसन्धान समितिको अनुरोधलाई अनुमति दिएको छ । विज्ञप्तिमा नजरबन्दको अवधि रूसी क्षेत्रमा सम्भावित उहाँको नजरबन्दबाट गणना गरिनेछ । यद्यपी नाभाल्न्या भने अहिले रूसभन्दा बाहिर बस्दै आएका छन् ।

चरमपन्थी समुदायलाई उक्साएको, तथा वित्त पोषण गरेको विभिन्न अपराधमा दोषी ठहर गरेपछि १९ वर्षको सजाय भोगिरहनु भएका नाभाल्नीको साइबेरियाको जेलमा गत फेब्रुअरी १६ मृत्यु भएको थियो ।

उनलाईँ पहिले नै अपराध र अन्य अभियोगमा अधिकतम सुरक्षा सुविधामा साढे ११ वर्षको सजाय भएको थियो । उनले भने आरोपहरू अस्वीकार गर्नुभएको थियो र यसलाई राजनीतिबाट प्रेरित पनि भनिएको थियो ।

उच्च–प्रोफाइलका रूसका विपक्षी नेता नाभाल्नीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै वर्षौँ बिताउनुभएको थियो । उहाँको मृत्यु मार्च १५ मा सुरु हुने रूसको राष्ट्रपतीय चुनावको केही हप्ता अघि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्