१२ आश्विन २०८१, शनिबार
अर्थ मुख्‍य समाचार समाज

सुन र चाँदीको मूल्य बढ्यो

२७ असार , काठमाडौं । आज(विहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४  हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय  रूपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोवार  भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्