१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाज

बाढी–पहिरो पीडितको उद्धार र राहत तथ जोखिमयुक्त सडक पहिचान गरि ट्राफिक प्रहरीले सुझाव दिने व्यवस्था होस् ।

२८ असार , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत र विस्थापितको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा एक पोस्ट गर्दै कांग्रेस नेतृ संग्रौलाले बाढी–पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गर्न र जोखिमयुक्त सडक पहिचान गरि यात्रा गर्न र नगर्न ट्राफिक प्रहरीले सुझाव दिने व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएकी छिन् ।

‘बेपत्ताको खोजी कार्य तत्काल होस् । जोखिमयुक्त सडक पहिचान गरि यात्रा गर्न र नगर्न ट्राफिक प्रहरीले सुझाव दिने ब्यवस्था होस् । बाढीपहिरोका कारण ज्यान गुमाएका परिवारलाई राहत, बाढीपहिरोमा फसेकालाई तत्काल उद्धार र जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा राख्न जोडदार माग गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

पोखरा महानगरपालिका १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको तथा त्रिसुलीमा यात्रु सवार बस पहिरोले बगाएको घटना दुःख व्यक्त गर्दै उनले विपत्तिमा सबैजना हातेमालो गरेर अघि बढ्न समेत आह्वान गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्