शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड
२८ असार , काठमाडौं । आज (शुक्रबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन आज १८ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्