२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाज

‘अनुसन्धानको सुई घरको ढोकामा पुगेपछि संविधानको याद आयो ?’

२८ असार , काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको घेरामा परेपछि नेकपा एमाले र कांग्रेसले रातारात सहमति गरेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो बल्ल संविधानको याद आएको भनेर कटाक्ष गरे । रास्वपाका मन्त्रीहरुले राजीनामा नदिएर सरकारमा टाँसिएर बसेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै उनले विपद्को बेला जनता बचाउनका लागि सत्तामै बसेको स्पष्ट पारे ।

‘हामीलाई आशंका छ

एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो? रातारात संविधानको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो संविधानको याद आयो ?’ उनले प्रश्न गरे ।

गृहमन्त्री लामिछानेले दुई चारजना नेतालाई बाहेक सहमतीको जानकारी अरु कसैलाई नभएको भन्दै मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सहमती राष्ट्रिय सहमती कदापी नहुने टिप्पणी गरे ।

देश, जनता र आफ्ना दलका नेतालाई समेत थाहा नदिई गरिएको सहमतीलाई राष्ट्रिय सहमतिको नाम दिँदा ‘राष्ट्रिय’ शब्दको मानमर्दन भएको धारणा राखे ।
‘सदनमा जोडतोडका साथ सहमतीको कुरा चल्यो । तर दुःखका साथ भन्नुपर्छ । एक दुई जना नेता बाहेक सहमती भएको अरु कुनै नेतालाई थाहा छैन् । बिना जानकारीको सहमती न राष्ट्रलाई थाहा छ न देश, जनता र आफ्ना दलका नेतालाई थाहा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्