२३ भाद्र २०८१, आईतवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा भानु जन्मजयन्तीमा १३ छात्रछात्रा पुरस्कृत

३० असार, महोत्तरी । आदिकवि भानुभक्त आचाय{को दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन् । महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशनले बर्दिबास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगितामा उनीहरू पुरस्कृत भएका हुन् ।

आदिकवि भानुभक्तको जीवनी, उत्प्रेरणा र रचना क्षेत्रमा उहाँको योगदानका विषयवस्तु समेटिएका कविता लेखन तथा वाचन प्रतियोगितामा प्रमिला श्रेष्ठ, प्रतिज्ञा बराल र अमिशा माझीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १५, १० र सात हजार नगद र कदरपत्र प्रदान गरिएको छ । यसैगरी १० जनालाई जनही एक–एक हजार नगद र कदरपत्र प्रदान गरिएको छ । साहित्य साधकहरु प्रल्लास सिन्धुलीय, माधव काफ्ले र मुकुन्द पौडेल सम्मिलित निणा{यक मण्डलले उत्कृष्ट रचना छनोट गरेको हो ।

त्यस अवसरमा राष्ट्रिय विभूतिहरूको सम्झनामा यस्ता काय{क्रम आयोजना गने{ सामाजिक सङ्घसंस्थालाई निरन्तर सहयोग गरिने बदि{बास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्