२३ भाद्र २०८१, आईतवार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई

३० असार, काठमाडौँ । नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरेको छ ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जयन्तीका अवसरमा परिषद्द्वारा आयोजित कार्यक्रममा प्राध्यापक शिवगोपाल रिसालले उक्त पुरस्कार प्रदान गरे ।

पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ । परिषद्ले विसं २०५२ देखि नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि शनिबार बिहान परिषद्का तर्फबाट दरबार हाइस्कुल अगाडि रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पणगरी नेपाली भाषा र साहित्यका क्षेत्रमा उनले पुर्‍याएको योगदानका बारेमा स्मरण गरिएको परिषद्का अध्यक्ष रमा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्