२३ भाद्र २०८१, आईतवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

३१ असार, धादिङ । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो ।

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिएका छन् । “चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो”,उनले भने, “गएराति १२ बजेतिर पानी पर्‍यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।”

मकैबारीको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छ । एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घरहरु छ । पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन-चार परिवारले राति नै घर खाली गरेको पूर्णलेले जानकारी दिए ।

उनका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन् । जमिन चिरा परेर बग्न थालेको छ । पहिरो झर्ने सङ्केत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

किचेत गाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ । सो गाउँ जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ । बर्खा लागेपछि सो स्थानमा पुग्न यातायात सेवा समेत अवरुद्ध हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्