५ आश्विन २०८१, शनिबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी

३१ असार, पेरू । पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने उनकी छोरीले आइतबार घोषणा गरेको छ ।

दक्षिण अमेरिकी देशको प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले भने, “मेरो बुबा र मैले कुराकानी गरेका छौं र उहाँले राष्ट्रपतिपदको उम्मेदवार बन्ने निर्णय गरेका छन् ।”

सन् १९९० देखि सन् २००० सम्म पेरूका राष्ट्रपति बनेका ८५ वर्षीय फुजिमोरीले पेरूको माओवादी छापामार समूह शाइनिङ पाथलाई पराजित गर्न सैन्य अभियानको नेतृत्व गर्दै कडा शासन गरेका थिए ।

उहाँलार्ई विद्रोहीहरूलाई दवाएर नवउदारवादी नीतिमार्फत आर्थिक वृद्धिलाई गति दिएको नेताका रूपमा उनी निकटस्थ समूहले स्मरण गर्ने गरेको छ ।

तर पेरूको शाइनिङ पाथलगायतका कतिपय बामपन्थी दलले उहाँलाई निर्दयी, अधिनायकवादी शासन शैली अपनाएको एक भूतपूर्व राष्ट्रपतिका रूपमा उनको आलोचना गर्ने गरेका छन् ।

सन् १९९१ र सन् १९९२ मा सेनाको डेथ स्क्वाडले गरेको नरसंहारको आरोपमा उहाँलाई सन् २००९ मा जेल सजायँ भएको थियो । शाइनिङ पाथविरूद्धको अभियानका क्रममा उनको नेतृत्व रहेका समय एक बच्चासहित २५ जना मारिएका कारण उहाँलगायत केही अधिकारीलाई फरक फरक जेल सजायँ भएको थियो ।

फुजिमोरी दोषी ठहरिएका कारण चुनावमा भाग लिन पाउनुहसन्छ वा नपाउने भन्ने स्पष्ट छैन । उनलाई गत वर्ष मानवीय कारण देखाउँदै गत बर्ष रिहा गरिएको थियो ।

पेरूको संवैधानिक अदालतका पूर्व न्यायाधीश अर्नेस्टो ब्लुमले प्रसारणकर्ता क्यानाल एनसँग भने, “मानवीय कारणले उनलाई माफी दिइएको हो, तर यसको अर्थ उहाँको आपराध वा सजाय पूरा भएको वा खारेज भएको भन्ने होइन ।”

फुजिमोरीले सन् २०१८ मा चिकित्सकले उहाँको फोक्सोमा ट्यूमर भएको पत्ता लगाएको जानकारी गराएका थिए ।

गत महिना घरमा लडेर कम्मर भाँचिएपछि उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको खुलासा भएको थियो ।

दक्षिणपन्थी पपुलर फोर्स पार्टीको नेतृत्व गरिरहेकी केइको फुजिमोरीले हालै आफ्ना पिता जिब्रोको ट्युमरबाट पीडित भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्