१३ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

नवनियुक्त कानुनमन्त्री चौरसियाद्वारा पदबहाली

३१ असार, काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गरेका छन् । पदबहालीपश्चात् उनले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताए ।

“कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरु कति छन्, हामीले बनाउनुपर्ने कानुनहरु कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ”, मन्त्री चौरसियाले भने ।

आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रुपमा उनको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो । मधेस प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरे । उनी २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेता चौरसिया संविधानसभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । उनीसँग सार्वजनिक लेखा समिति र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । उनी २०६२-६३ को जनआन्दोलनमा पटकपटक थुनामा परेका । सो क्रममा नेता चौरसिया करिब चार महिना वीरगन्ज कारागारमा बसेका थिए । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत थिए ।

प्रतिक्रिया दिनुहोस्