चौथो कार्याकाल सम्हालेका पौडेलले भनेः सेयर बजार सन्तुलित रुपमा अघि बढ्छ
३१ असार , काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताएका छन् ।
सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन् । सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ । अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रुपमा अघि बढ्छ । त्यसैले मैंले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’
साथै उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताए । उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन् ।
पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने बताए । अर्थमन्त्रीका रुपमा पौडेलको यो चौथो कार्याकाल हो ।
उपप्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल हो । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्