१३ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्तभयो : रवि लामिछाने

साउन ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाँदा गाली खाएको बताएका छन् । रास्वपाको नीति मन्थन कार्यक्रममा बोल्दै उनले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताएका हुन् ।
उनले भने, ‘भागबण्डा लिएर सरकारमा जानु भएको थियो नि भन्ने प्रश्न उठेको छ । यसमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यदी हाम्रो पार्टीले राजनीतिक भागबण्डामा आफ्नो भाग खोज्थ्यो भने मन्त्रिपरिषदको बैठकमा खल्तीबाट दुईचार जनाको नाम दिइहाल्थ्यौं । तर भागबण्डा नखाने भए सरकारमा किन गएको भनेर अर्को तिर प्रश्न गर्छन । दलहरूसँग मिलेर जाँदा गाली खाने काम बाहेक केही नहुँदो रहेछ । केही गर्नु थियो,सिक्नु थियो, सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नको लागि हामी भागबण्डामा गएका हौं ।’
साथै उनले वर्षाै कामगरेको भनेरआफ्नै पार्टीका साथीहरुले योगदानको मूल्य माग्न थालेको आरोप लगाए ।
उनले भने, ‘राजनीतिक दलहरूले ठुलो भारी बोक्नु परेको छ, लाखौं कार्यकर्ताको भारी बोक्नु परेको छ । भातृ संगठनहरूको भारी बोक्नु परेको छ । मेरै साथीहरूले योगदानको मूल्यमा गिरहेका छन् । पार्टी खोलेको दुई वर्ष भएको छैन मेरो योगदान छ भन्नु हुन्छ अरू पार्टीको त के कुरा गर्नु ।’
उनले यसरी पार्टीमा योगदान दिनेहरूलाई राज्यको सम्पत्तिबाट पाल्नु परेको जिकिर गरे । उनले राज्यको स्रोतबाट आफ्ना मानिसहरू पालिने यो सिलसिला नियुक्ति हुनेसम्म पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्