१३ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले सुरु गर्यो स्वर्णिम योजना ‘साथी महानगर’

साउन ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज (विहीबार) देखि केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजाको पहिलो तला (एकल सेवा केन्द्र भएको स्थान) मा सेवाग्राही सर्वेक्षण थालनी गरेको छ ।
गएको बर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेका छन् ।
सर्वेक्षण सुरु गर्नुअघि सर्वेक्षणको विवरण तथा तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, सर्वेक्षणमा खटिने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सर्वेक्षणका सैद्धान्तिक र व्यवहारिक पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् । यी प्रश्नहरुका वैकल्पिक उत्तर दिइएका छन् । सेवाग्राहीले दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा सही चिन्ह लगाउनु पर्नेछ । फाराममा नाम थर लेख्नुपर्ने भएपनि फोन नम्बर अनिवार्य गरिएको छैन ।
सर्वेक्षणका लागि दुई जना इन्टर्नं विद्यार्थी र एक जना नगर प्रहरी खटाइएको छ । सर्वेक्षणमा सहभागी हुनेलाई पाँच वटा मास्क प्रदान गर्ने गरेको छ । १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्मसर्वेक्षण फाराम स्वेच्छिक भराइनेछ ।
भराइएका फारामहरु हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा बुझाउने प्रबन्ध गरिएको छ । पहिलो चरणमा पाँच सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्