२ आश्विन २०८१, बुधबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, सरकारी टेलिभिजनमा आगजनी

४ साउन, काठमाडौं । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बंगलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् ।

आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा ३९ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका छन् ।

देशैभर आन्दोलन हिंसात्मक  बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको बीबीसीले जनाएको छ ।

आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ । प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्