२३ भाद्र २०८१, आईतवार
मनोरन्जन मुख्‍य समाचार समाचार साहित्य/ समाचार

प्रथम महिला लधुकथाकार मोतिलक्ष्मीको जन्मजयन्ती मनाइयो

४ साउन, काठमाडौं । प्रथम महिला लधुकथाकार मोतिलक्ष्मी उपासिका (प्रमेशान्ति तुलाधर)को ११५औं जन्मजयन्ती मनाइएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भाषा विभागले साहित्यकार तुलाधरको जन्मजयन्ती मनाएको हो ।

नेपालभाषाको साहित्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रथम महिला समेत रहेकी उपासिकाले नेपालको साहित्यको क्षेत्रमा ठुलो योगदान दिएकी छिन् ।
उनले लेखेको नेपालभाषाका कविता ‘चाँहा सल्हा’ साहित्य क्षेत्रमा अति नै चर्चा चर्चा पाएको कविता हो ।

चत्तघर हदयको स्मृतिमा ‘झी’ पत्रिकामा प्रकाशित भएको ‘यः दाइ आः जि छु याये’ गद्यात्मक कविता प्रकाशित भएको थियो । वि.स.१९९२ मा नेपालभाषा साहित्यमा लघु कथा (कजयचत कतयचथ) लेखी नयाँ युगको शुरुवात गर्ने पहिलो व्यक्तित्व मोतिलक्ष्मी उपासिका हुन् ।

शुक्रबार प्रज्ञा प्रतिष्ठानमा जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा प्रतिष्ठानका उपकुलपति भूपाल राईले नेपालका विभिन्न भाषाका माध्यमबाट नेपाली समाज र राष्ट्र निर्माणमा योगदान दिने योद्धामध्ये उपासिका पनि एक रहेको बताए ।

नेपालका दुर दराजकाका भाषा र साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठानको भूमिका महत्वपुर्ण छ । उनले भने, ‘हामी यही प्रज्ञा प्रतिष्ठानमा विभिन्न भाषको माध्यमबाट सहयोग गर्नुहुने स्रष्टा र साहित्यकारहरुको जन्मजयन्ती मनाउँन पाउँदा प्रज्ञा प्रतिष्ठान साच्चिकै प्रज्ञा प्रतिष्ठान जस्तै भएको छ । हामीले अस्ति असार २९ गते यही मञ्चमा आदीकवि भानुभक्त आचार्यको जन्मजयन्ती पनि मनाएको थियौं । नेपालको दुर दराजमा रहेका भाषी र कविहरु चिनाउने प्रयास जारी नै रहनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्