२२ भाद्र २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

प्रेमको लय – भाग तीन (कथा)

प्रेमको लय -भाग तीन (कथा)

-मुना चौधरी  

मधुको जीवन सुविधा सम्पन्न भएको छ । उनले जस्तो सोचेकी थिइन् त्यस्तै भएको छ जीवन सुन्दर, शान्त, प्रेमले भरिपूरर्ण  । मधु र वसन्त दुबैजना मिलेर नयाँ  टि. टु अपार्टमेन्ट किनेका छन् । एउटा शाला (बैठक कोठा), एउटा शयन कक्ष र एउटा अतिथि कक्ष, अर्को भान्छाकोठासँगै खाना खाने कक्ष पनि छ ।

टि. भी. छेउको टेबलमा भएको अक्वारियम मसिना सेता ढुङ्गाहरु, पानी र रङ्गिचङ्गि माछाहरुले सजिएको छ । मधु र वसन्तको तस्बिरले सजिएका छन् बैठक कोठाका भित्ताहरु । काउचको छेउमा भएका गमलाहरुमा भएका ट्राइओस्टर फुलका बोटहरु हरियो र रातो पात फिँजाएर लहरै उभिरहेका छन् भने अर्को पट्टि भएका लक्की बाम्बोका बोटहरु हरियो पात फिँजाएर सुन्दरता छरिरहेका छन् । झ्यालहरुमा सेता बुट्टेदार पर्दाहरु लागेका छन् ।

रातिको समय हो । उनीहरु शयन कक्षमा गएका छैनन् । शालामै बसेर टि. भी हेरिरहेका छन् । घरमा मधुरो बत्ती बलिरहेको छ । टि. भी. मा निलो फिल्म चलिरहेको छ । वसन्त नाङ्गै छन् । उनी नाङ्गै काउचमा बसिरहेका छन् । उनको लिङ्ग बाँसझैँ ठिङ्ग उभिएको छ ।  उनी मधुको प्रतिक्षा गरिरहेका छन् । मधु पिसाब फेर्न बाथरुम गएकी छिन् ।

मधु बाथरुमबाट आइन् । उनी पनि नाङ्गै छिन् । उनका अलि झोलिएका स्तनहरु आँपको रुखको हाँगामा आँप झुन्डिएझैँ झुन्डिएका छन् पोटिला तर, अलि झोलिएका । मधु भर्खर बैठकको ढोकामा छिरेकी थिइन् । उनलाई देख्नेबित्तिकै वसन्त  आफ्नो नियन्त्रण गुमाए । उनी उठेर मधुको हात समातेर आफू नजिक ताने । उनले मधुलाई काउचमा आफू छेउ बसाए । उनको ओठमा चुमे । उनको स्तन  माडे । उनको योनी स्पर्श गरे । औँलाले योनी ठेले । स्तनमा चुमे ।  योनीमा चुमे ।  लगतै शारिरीक सम्बन्ध स्थापित गरे । लगतै भने,

तँ धेरै सुन्दर छेस् बुढी  । तँलाई कसैसित तुलना गर्न सक्दिनँ । तँलाई जति चुम्यो त्यति चुमिराख्न मन लाग्ने । तँ मा कुन यस्तो नशा छ हँ । म तेरो रुप देखेर कायल भएको छु ।

म हजुरके लागि बनेकी हुँ । उनले जवाफ फर्काइन् ।

यता एन. आर. एन. अफिसमा वसन्तकी छोरीले आफनो बालाई खोजेर घर फर्काइदिन अनुरोत्र पत्र पठाएकी छिन् । वसन्तको पोस्ट बक्समा पनि उनले अलगै पत्र पठाएकी छिन् । बिहान पोस्ट बक्स चेक गर्न जाँदा उनले छोरीको पत्र पाएँ । माथि आएर बैठकमा बसे । पत्र पढ्न थाले,

पुजनीय बुवा,

ढोग !

हुन त हजुरलाई बुबा भन्न पनि लाज लागेको छ । आज लाज पनि लजाएको छ । तर केही छैन म संस्कारी आमाकी छोरी परेँ । शत्रुसित होस् वा मित्रसित जोसित कुरा गर्न परे मेरो संस्कारले सभ्य भएर बोल्न सिकाएको छ ।  कसैलाई चोट दिन र कसैको मन तोड्न मलाई मेरी आमाले कहिले सिकाउनु भएन ।

आमाले माइती छोडेको ३० वर्ष भइसकेको छ । मलाई थाहा छ । म हजुर र आमाको अतीतदेखि अवगत  छु । आमाले मलाई सबै कुरा बताउनु भएको छ । एउटा छाप्रो घरबाट हजुरको र आमाको यात्रा सुरु भएको थियो । बत्तीको बिल तिर्ने पैसा थिएन । सबैको घरमा बत्ती बल्थ्यो तर हाम्रो छाप्रोमा टुकी बलेको हुन्थ्यो ।  संसार बत्तीले झलमल भइरहँदा त्यो वेला आमाले मलाई बत्ती चाहियो । मेरो घर उज्यालो परिदिनुस् कहिले भन्नु भएन । उहाँले घर होइन हजुरको जीवन उज्यालो पार्ने सपना देख्नुभयो ।

घरमा खानेकुरा थोरै हुँदा हजुरलाई खुवाएर आफू भोको पेट सुत्नुहुन्थ्यो त्यतिवेला पनि म भोकै छु भनेर कहिले खाना माग्नु भएन । सबै स्वास्नी मान्छे चाडपर्वमा गहनाले सजिएर भेला हुँदा एकजोर पोते, एकसरो लुगामा उपस्थित हुने मेरी आमाले हजुरलाई कहिले गहना माग्नु भएन । एक सरो लुगा माग्नु भएन । हजुर त्यतिवेला विद्यार्थी हुनुहुन्थ्यो । कलेज पढ्दै हुनुहुन्थ्यो । पैसा नभएर हजुरले आफ्नो कलेजको शुल्क तिर्न नसकेर तनावमा हुनुहुन्थ्यो त्यतिवेला आमाले आफ्नो कानको सुन बेचेर हजुरलाई कलेजको शुल्क तिर्न पैसा जोहो गरिदिनुभयो ।

त्यसपछि पढ्न विदेश जान्छु भन्नुभयो । आमा आफू निरक्षर हुनुहुन्थ्यो तर हजुरलाई शिक्षित बनाउने सपना देख्नुभयो । उहाँ आफ्नो सपना बिर्सेर हजुरका लागि सबै सपना देख्न थाल्नुभयो । हजुर विदेश पढ्न जाने वेला आमाले हातको सुनको बाला बेच्नुभयो त्यतिले नि पुगेन अनि माइती गएर हजुरबालाई खेत बन्धकी राखेर पैसा मगेर ल्याइदिनुभयो । हजुरले पढ्नुभयो । आमालाई गवार ठान्नुभयो ।

गवारलाई जे गरे पनि भो ठान्नुभयो । त्यही गवार  आज हजुरलाई शिक्षाको पखेटा लगाइदिनु भएको छ  । त्यही गवारले लगाइदिएको पखेटा लगाएर उडिरहनु भएको छ ।  आज हजुरको पाइला धरतीमा छैन । कसको त्यागले पखेटा फैलाएर उडिरहनु भएको छ ? हजुरले आफ्नो धरातल र आमाको त्याग कसरी बिर्सिनुभयो ? यो कुरा मैले सम्झाउनै पर्ने होइन तर निरक्षर आमाको साक्षर छोरी परेँ । अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ  । स्वास्नीको त्याग बुझ्न कहिले नसक्नेले छोराछोरीलाई के बुझनुहुन्थ्यो ?

तर जुन दिन मैले आमालाई हजुरले पठाउनुभएको मेसेज, अर्को बिहे गरिसकेँ पढेर सुनाए । आमा केही बोल्नु भएन । उनको आँखाबाट थोपो आँसु झरेन । तर, आँखाहरु राता भए । उहाँ मौन हुनुभयो । दुई दिनसम्म केही बोल्दै बोल्नु भएन । उहाँको अनुहारको रङ उड्यो ।  तेस्रो दिन हेरे उहाँको घाँटीमा पोते छैन । । उहाँको सिउँदोमा सिन्दुर छैन । हातमा चुरा छैन । हजुरले दिएका नामका यी श्रृङ्गारहरु आमालो त्यागिन् । हजुरले दिएको नामको मात्र श्रृङ्गारमा सजिएकी  आमाभन्दा श्रृङ्गार त्यागेकी आमाको रुम मैले औधी सुन्दर देखेँ ।

आमालाई गहिरो पीडा दिने मान्छेलाई घर किन बोलाउनु ? जब आमाले  हजुरलाई त्यागिसक्नुभो भने हामीले हजुरलाई अपनाउने समय कहिले आउन दिने छैन । यस कारणले नेपाल फर्किन भनिरहेकी छु कि एउटी आमा एक्लैले छोराछोरीलाई कति संस्कारी बनाएकी छिन् । हजुरबिना पनि हामीलाई सबै खुसी दिनुभएको छ त्यही खुसीको संसार हेर्न मात्र मैले हजुरलाई बोलाएकीहुँ ।  हाम्री आमाले हामीलाई दिएको संसार हेर्न एकपल्ट अवश्य आउनुस् अनि थाहा हुने छ आमाको अर्थ के हो ? अभिभावक कस्तो हुनुपर्छ ? बा बिनाको घर कस्तो देखिन्छ ? लोग्नेबिनाकी स्वास्नी कस्ती देखिन्छिन् ? बिना लोग्नेको छोराछोरी र घर एक्लै सम्हालेकी स्वास्नी मान्छे कति बलवान् हुन्छिन् ? आमा कस्तो हुनुपर्छ ? बुबाले छोराछोरीप्रति गर्ने व्यवहार कस्तो हुनुपर्छ ? जीवनसाथीसित कस्तो सम्बन्ध हुनुपर्छ ? बिना बाको छोराछोरी कति बलिया, सङ्घर्षशील र ऊर्जावान् हुने रहेछन् ।

परिवार कसरी सम्भाल्नुपर्छ ? भन्ने कुरा हजुरलाई के थाहा ? जीवनसाथीको महत्त्व थाहा नहुने हजुरलाई के थाहा स्वास्नीको पीडा ? आमाको जीवन बर्बाद गर्ने जिम्मा हजुरलाई कसले दियो ?  जीवनसाथीको मोल थाहा नहुनेलाई के थाहा छोराछोरीको मोल ?

मैले आमालाई साक्षर देखेँ । हजुरलाई निरक्षर देखेँ । आमासित औपचारिक शिक्षाको प्रमाणपत्र छैन तर आफ्नो परिवार सजाएर राख्ने ज्ञान त छ । परिवारलाई सजाएर राख्नु नै सबैभन्दा ठुलो शिक्षा हो । संसारको सबैभन्दा पहिलो गुरु आमा  हुन् । पहिलो गुरुलाई हजुरले कसरी गवार ठानेर धोका दिनुभयो ? संसारमा आमा कहिले गवार हुँदिनन् । आमा कहिले कुरुप हुँदिनन् ।  हजुरको सोच गवार र कुरुप भएको हो ।

हजुरलाई आमाले देउता मानेर पुजेको मात्र देख्नु भएको थियो अब आएर हेर्नुस् कति विद्रोही भइसक्नु भएको छ ? हजुरको नाम पनि सुन्न चाहनुहुन्न । जुन स्वास्नीले पूरा जीवन हजुरको नाममा अर्पण गरिन् त्यही स्वास्नीलाई यही दिन देखाउन  बिहे गरेर ल्याउनुभएको हो ?  हजुरले अब आमालाई स्वीकारे पनि आमाले  हजुरलाई स्वीकार्न तयार हुनुहुन्न । देउताझैँ हजुरलाई पुज्ने आमाको मनको कुनै कुनामा अब हजुर हुनुहुन्न ।

पहिला आमाको प्रेम र त्याग मात्र देख्नुभयो । अब आमाको विद्रोह र घृणा हेर्न आउनुस् त्यसपछि आफ्नै संसारमा फर्किनुस् ।  विवाह नामक संस्थालाई हजुरले खेलाची बनाउनुभयो । समाजको अगाडि आमासित सँगै जिउने बाँच्ने कसम खानुभयो । आफन्तको अगाडि देउताहरुलाई साक्षी राखेर आमाको सिउँदोमा सिन्दुर हाल्नुभयो । यी सबै वाचा, कसम, साक्षी कहाँ गए बाबा ?

आजभोलिको विवाह कति कमजोर हुने रहेछ है । दुःख, सुखमा साथ दिने कसम खाने एकजनासित तर,जीवनसाथीलाई बिर्सेर दुःख, सुखमा अरुलाई साथ दिन सुहाएन बाबा हजुरलाई ।  विवाह गलत होइन ।  विवाह संस्था पनि गलत होइन । यी दुबैलाई  हजुर जस्ता मान्छेहरुले गलत बनाएका हुन् ।  हजुर पनि रुप र भौतिक सुविधाको पछि लागेर यी दुबै विवाह र जीवनसाथी नामक पवित्र चिजलाई प्रदूषित बनाइदिनु भएको छ । अरुको रुप र सौन्दर्यमा बहकिएर जीवनसाथीलाई नै बिर्सिने विवाहीत मान्छेलाई शेभा दिँदैन बाबा । क्षणिक सुख, भोगमा बहकिएर जीवनको अधोपान्तसम्म  साथ दिने जीवनसाथीलाई धोका दिन हजुरलाई सुहाउँदैन ।

आमाले हामीलाई हजुरको अभावको अनुभव कहिले हुन दिनु भएन । हामीलाई कमजोर अनुभव कहिले हुन दिनुभएन । हाम्रा तमाम आवश्यक्ता पूरा गर्न दिनरात खटिरहनुहुन्छ । घरको खम्बा भएर उभिरहनु भएको छ । हजुरको माया पनि आमाले नै हामीलाई दिनुभो ? हजुर विदेशमा हुँदा आमाले नै हजुरको अभाव हामीलाई खड्किन दिनु भएन । उहाँ  एक बुबा, एक आमा , एक साथी, एक दिदी, एक अभिभावक, एक संरक्षकको रुपमा हामीलाई सुरक्षा दिइरहनुभयो । मार्गनिर्देशन गरिरहनुभयो । सर्वगुणसम्पन्न आमालाई हजुरले छोड्ने दुस्सहास कसरी गर्नुभयो ? हजुरको मन कति पनि रोएन ? विवाह भन्ने शब्दलाई हजुरले  किन, कसरी र कहिलेदेखि दूषित बनाउनुभयो  ? जीवनसाथीलाई त्याग्ने सोच मनमा कसरी किन ल्याउनुभयो ?

हजुरको कहिले नहुने छोरी

तृषा ।

उनको छेउमा बसेर मधुले पनि पत्र पढिन् । मधुले पत्र पढिसकेपछि

वसन्तले छोरीको  पत्र च्यातेर फाले ।

दिउँसो एन. आर. एन. का  मान्छेहरु उनलाई सम्झाउन आए तर, उनी कसैका कुरा सुन्न तयार छैनन् ।

राति मधु र वसन्त नाङ्गै सुतिरहेका छन् ओछ्यानमा ।  मधु उनको अङ्गालोमा बेरिएकी छिन् । उनलाई सोध्छिन, माई लभ, हजुरले मलाई छाडेर जानुहुन्छ ?

के के सोध्छेस् हँ ? तेरो मति बिग्रेको त हैन ?

मलाई डर लाग्छ माइ लभ ।

आमा छोरीले जतिसुकै बेज्जत गरुन् । गर्न दे ।  म तँलाई छोडेर कहिले जान्नँ बुढी । तँ मेरो ज्यान होस् । मैले फेर्ने सास होस् । बिना सासको म कसरी बाँच्न सक्छु हँ ? तिनीहरुलाई तीन तल्ले घर बनाइदिएकै छु । दुईतलाको भाँडा उठाएर बसि बसि खान्छन् । बसि बसि खाएको मलाई गाली गर्दै निकाल्छन् । उनीहरुले पैसा कमाउनु परे पो थाहा हुन्थ्यो । बसि बसि खाका छन् । मलाई भकुरेका छन् ।

उनको कुरा सुनेर मधु ढुक्क हुन्छिन् । लगतै मौकाको फाइदा उठाउँदै सोध्छिन्,

आमा, छोरीलाई तीन तल्ले घर बनाइदिनुभयो अनि मेरा लागि खै त ?

यताको घर र जेजति मसित छ सबे तेरै त हो नि बुढी ।

यो घरमा मेरो पनि लगानी छ नि बुढा ।

बाबा तेरो लगानी १ वर्ष भित्रमा फिर्ता दिन्छु । अब खुस ?

अनि गहनाहरु ?

तेरा लागि यो ज्यान हाजिर छ मेरी जान । विस्तारै गहनाहरु पनि  दिन्छु ।

मधु वसन्तको कुरा सुनेर खुसी हुन्छिन् । लगतै वसन्तको ओठमा चुम्छिन् ।

उता  प्रेमराजसित जम्मा तीन सय युरो बाँकी छ । अब पैसा सक्यो भने कसलाई माग्ने ? छोरीलाई कसरी पाल्ने ? उनी भित्रभित्रै तनावमा छन् । काम नपाइने कस्तो देश ? नेपालमा पनि कामै नपाइने । यहाँ पनि त्यस्तै । उनी धेरै विचलित हुन्छन् वेलावेला । उनको मनमा काम पाउने कि नपाउने  भय पलाइरहन्छ । तर, हिम्मत हारेका छैनन् । सधैँ छोरीलाई स्कुल पु¥याएर काम खोज्न निस्किन्छन् । उनी आज एउटा रेस्टुरेन्टमा नेपाली केटाहरु वेटरको काम गरिरहेको देखे । उनी नेपालीलाई देखेर खुसी भए । खुसी हुँदै बोले, भाइ नमस्कार । तपाईको नाम के हो ?

केटो, नमस्कार । मेरो नाम अंश हो । के सेवा गरु हजुरलाई ?

भाइ मलाई काम चाहिएको छ ? यहाँ खाली छैन ?

तरकारी काट्ने र भाँडा माझ्ने मान्छे चाहिएको छ भनेर सुनेको छु । हजुर बस्दै गर्नुस् । म सारिका दिदीलाई सोधेर आउँछु ।

सारिका नेपाली नाम सुनेर उनले सोधे,

के यो नेपालीको रेस्टुरेन्ट हो र ?

होइन पोर्तुगिजको हो तर हामी सबैजना कामदार नेपाली छौँ यहाँ । सारिका दिदी यहाँको म्यानेजर हो । उहाँले नै सबै हेर्नुहुन्छ ?

त्यसो भए उहाँसित मलाई भेटाइदिनुस् न भाइ ।

अंश भित्र प्रवेश गर्छन् । एकछिनपछि प्रेमराजलाई इशारामा बोलाउँछन् । उनी भित्र पस्छन् । मध्यम कदकी दुब्ली, लगभग २७/२८ वर्षकी केटी भित्र खाना जाँच गर्दै यताउता कुदिरहेकी हुन्छिन् । उनी नै सारिका हुन् भन्ने उनले अनुमान लगाउँछन् ।

उनले सोधे,

हजुर सारिका बैनी हो ?

हजुर हो ।

मलाई काम चाहिएको छ बैनी ।

हजुरलाई तरकारी र सलाद काट्न आउँछ ?

उनले केही नसोची भन्छन,

आउँछ बैनी ।

यहाँ तरकारी र सलाद काट्ने तरिका हुन्छ ।  डिजाइन निकालेर काटनुपर्छ  । सक्नुहुन्छ ?

उनी केही बोल्दैनन् ।  सारिकाले फेरि थप्छिन्

भाँडा माझ्न आउँछ कि आउँदैन ?

आउँछ बैनी । माझ्न सक्छु ।

त्यसो भए भोलि  बिहना ९ :३० बजे आउनुस् ।

उनी खुसी हुँदै भन्छन्,

म काम पक्का सम्झु त बैनी ?

भोलि काम हेर्छु त्यसपछि भन्छु ।

उनको अनुहार थोरै भए पनि उज्यालो भयो । काम नपाएर उनको अनुहारको रौनक हराइसकेको थियो । सुख्खा ओठ र अनुहारमा थोरै आसाको दीयो बल्यो । उनी घर फर्के ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्