६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याको विषयमा सोधपुछका लागि एक जना प्रहरीले नियन्त्रणमा

७ साउन, काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सम्बन्धमा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही निवासी राज्यमन्त्री रायको गएराति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहका अनुसार रायकै घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । ती व्यक्तिले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएको बताइएको छ ।

हत्यामा कसको संलग्नता छ र के कारणले हत्या भएको हो भन्ने प्रस्ट भइसकेको छैन । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टमका लागि शवलाई मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार राज्यमन्त्री रायको हत्यामा घरेलु हतियार प्रयोग भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्