२ कार्तिक २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

काठमाडौं स्थित वौद्धमा अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टर सञ्चालनमा

स्थान: वौद्ध पिपलबोट (नबिल वैंकसँगै)

७ साउन, काठमाडौं । काठमाडौंको वौद्ध पिपलबोट नबिल बैंकको नजिकै अन्नपूर्ण मल्टीस्पेसियलिटी डेन्टल सेन्टर सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमकाबीच सांसद ज्ञानेन्द्र शाहीले उक्त डेन्टल सेन्टरको उद्घाटन गरेका हुन् । युवा व्यवसायी तथा गायक सागर जोशीसहितको टिमले संचालनमा ल्याएको डेन्टल सेन्टरमा झण्डै २ करोड ५० लाख रुपैयाँ बरावरको लगानी भएको छ ।

सेवा सुरु गरेको अवसर पार्दै अन्नपूर्ण मल्टीस्पेसियालिटी डेन्टल सेन्टरले एक महिनासम्म निःशुल्क दाँत चेकजाँच र सफाको व्यवस्था गरेको छ । सेन्टरले आफ्ना हरेक सेवामा ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । दन्त चिकित्सा क्षेत्रमा एक दशक बिताएका सागर जोशीको समूहले तेस्रो शाखाको रूपमा अन्नपूर्ण सञ्चालनमा ल्याएको हो। जसका अरु दाँत उपचार केन्द्र शाखाहरु बानेश्वर, अनामनगर, सोह्रखुट्टे र बालाजुमा रहेका छन् ।

अन्नपूर्ण मल्टीस्पेसियलिटी डेन्टल सेन्टरमा दाँत र मुखसँग सम्बन्धित सम्पूर्ण सेवाहरू उपलब्ध रहेको जोशीले जानकारी दिएका हुन् । ‘दाँत सफा गर्ने, दाँत भर्ने, दाँत राख्ने, दाँत मिलाउने, दाँत प्रत्यारोपण गर्ने, दाँतमा खोल राख्नेदेखि अन्य सम्पूर्ण सेवाहरू नयाँ सेन्टरमा उपलब्ध छन्,’उनले भने । अत्याधुनिक डेन्टल चेयर, डिजिटल ल्याब, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिनलगायतका अत्याधुनिक उपकरण तथा सामग्रीमार्फत सेन्टरले सेवा दिने उनले बताएका छन् ।

स्थान: वौद्ध पिपलबोट (नबिल वैंकसँगै)

सम्पर्क : 9848776898

प्रतिक्रिया दिनुहोस्