२३ भाद्र २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार

ई–स्पोर्ट्स एसोसिएसनको वार्षिक कार्यक्रम सार्वजनिक

साउन ८, काठमाडौं । नेपाल इस्पोर्ट्स एसोसिएसनले २०२४÷०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत संघले वार्षिक क्यालेन्डर सार्वजनीक गरेको हो ।

पत्रकार सम्मेलनमा खेल र खेलाडीको विकास र प्रवद्र्धधन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारेको इस्पोर्ट्स एसोसिएसन नेपालका उपाध्यक्ष पूर्ण बहादुरले जानकारी दिएका छन् ।

यसको साथै, उनले ई स्पोर्टस संघको वार्षिक कार्यक्रममा ई स्पोर्टसको ग्रासरूट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीलाई समावेश गरेको पनि बताए ।

नीजि क्षेत्र, अन्तर्राष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला र प्रदेश स्तरका संरचनाले आयोजना गर्ने कार्यक्रमहरु यस क्यालेन्डरमा राखिएको छ ।

पछिल्लो एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, ई फुटबल लगायतलाई घरेलु प्रतियोगितालाई प्राथमिकतामा राखिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने योजना संघको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्