१४ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाज

निर्माण व्यवसायीका लागि सजिलो वातावरण बनाउछु : सिंह

साउन ८,  काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार मन्त्रालयमा निर्माण व्यवसायी महासंघका टोलीहरुसँगको भेटमा उनले व्यवसायीहरुको समस्या भनेको देशको संरचनका कारण समस्या भएको भन्दै व्यवसायीहरुलाई सहज तरिकाले काम गर्ने वातावरण निर्माण गर्न सरकारले पहल गर्ने बताए ।

उनले भने, ‘कुराभन्दा पनि काम गरेर देखाउने हो । व्यवसायीहरुको भौतिक निर्माणमा एकदमै महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीलाई समस्या भएमा सरकारलाई पनि गार्हो हुन्छ । त्यसकारण काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्नेतर्फ पहल गर्छु ।’

 

प्रतिक्रिया दिनुहोस्