२३ भाद्र २०८१, आईतवार
बैंक–वित्त

नेपाल एक चीन नीतिप्रति दृढ छः उपाध्यक्ष घिमिरे

साउन ८, काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएकी छिन् ।

चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरले नेपाल एक चीन नीतिप्रति सँधैं दृढ रहेको बताएकी हुन् ।

नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति संञ्चालनमा रही आएको बताउँदै उपाध्यक्ष घिमिरेले चीन नेपालबीच दौत्य सम्बन्ध कायम भएपश्चात चीन–नेपाल सम्बन्ध नयाँ उचाईमा पुगेको पनि बताइन् ।

‘व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधीमा चीनले हाँसिल गरेका उपलब्धिहरुबाट नेपाल पनि पत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको छ,’ उनले भनिन्, ‘हामी एक चीन नीति प्रति दृढ छौं, आपसी व्यापार, लगानी, ज्ञान र सीप आदान–प्रदान यस प्रकारका प्रदर्शनीहरुबाट अझै विस्तार हुने कुरामा विश्वस्त छु ।’

उनले चीनले नेपालका बहुआयमिक क्षेत्रहरुमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको चर्चा गर्दैै  चीन हाम्रो एक महत्वपूर्ण व्यापार साझेदार मुलुकको रुपमा रहेको छ भनिन् ।

चीनले बिद्यतीय गाडी र ब्याट्री उत्पादनमा हासिल गरेको प्रगतिले पृथ्वीको तापक्रम स्थिर राख्न मद्दत पुगेको देखिन्छ भन्दै उपाध्यक्ष घिमिरेले चीनको यस प्रगतिले नेपालको यातायात क्षेत्र समेत लाभान्वित भएको बताइन ।

नेपालमा २०८० कात्तिक १७ गते बारेकोट केन्द्रविन्दु बनाई गएको बिनासकारी भुकम्पबाट प्रभावितहरुको जनजीवनलाई पुर्ववत अवस्थामा फर्काउन चिनियाँ स्रोत र प्र्रविधीको हस्तान्तरण हुने बिश्वास पनि उपाध्यक्ष घिमिरेले ब्यक्त गरिन् ।

उहाँले काठमाडौं–कुन्मिङको सिधा उडान सम्पर्कले यात्रामा छरितो बनाइ दुवै देशको संस्कृतीको आदान–प्रदान र पर्यटकीय गतिविधीमा सहजता थपेको चर्चा गर्दैैै लुम्बिनीस्थित गौतम बुद्ध विमानस्थल र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनसँग सिधा उडान स्थापना गर्नसक्दा दुई देश बीचको पर्या–पर्यटनको माध्यामबाटआर्थिक तथा सामाजिक क्रियाकलाप अझ थप बलियो हुने बिश्वास पनि ब्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्