६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार

मर्मतका लागि पोखरा उड्दै थियो सौर्यको जहाज

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत सी–चेकका लागि पोखरा जाने क्रममा थियो । एन–एएमई जहाजमा १९ जना सवार थिए ।

उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै निधन भएको छ ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो ।
पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ ।
त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्