३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार

चिनाब रेल ब्रिज’ले कश्मीरलाई अन्य भारतीय भूगोलसँगको निकटता सिर्जना गर्ने

९ साउन, चिन । अग्ला हिमालयको खोँचमा बनेको नयाँ रणनीतिक रेल चल्ने पुल (चिनाब रेल ब्रिज)को निर्माणले भारतलाई विवादित कश्मीरमा नियन्त्रण कायम गर्न र चीनबाट बढ्दो रणनीतिक खतराको सामना गर्न भारतीय भूगोललाई नजिक ल्याउन मद्दत गरेको बताइएको छ ।

बनावट र संरचनाका हिसाबले भिन्न मानिने ‘चिनाब पुल’लाई यसप्रकारको पुलमध्ये विश्वकै अग्लो पुलका रूपमा हेरिन्छ भने र अशान्त कश्मीर उपत्यकालाई पहिलो पटक रेलले विशाल भारतीय मैदानी भूभागसँग जोड्ने इन्जिनियरिङको उपलब्धिका रूपमा प्रशंसा गरिएको छ ।

पाँच लाखभन्दा बढी सैनिकको स्थायी बसोबास रहेको भारतीय सत्ताविरोधी इतिहास बोकेको यस क्षेत्रमा पुलको पूर्णताले सर्वसाधारणमा जति खुशी ल्याएको छ त्यति नै चिन्ता पनि पैदा गरेको स्थानीयको गुनासो रहेको छ ।

भारतीय सैन्य नेतृत्वका अनुसार पुलको निर्माणले नयाँ दिल्लीसँगको निकटता र रणनीतिक फाइदालाई टेवा पुर्याएको छ ।

भारतको उत्तरी सैन्य कमाण्डका अवकाशप्राप्त पूर्व प्रमुख जनरल दीपेन्द्र सिंह हुड्डाले एएफपीसँग भने, “कश्मीर जाने रेल शान्ति र युद्धकालमा महत्वपूर्ण हुनेछ ।”

सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित मुस्लिम बाहुल्य रहेको काश्मिरमा तिक्ततापूर्ण प्रतिद्वन्द्विता छ र आणविक शक्ति सम्पन्न छिमेकीहरूले यसलाई लिएर युद्ध लडेका छन् ।

विद्रोही केही समूहले उक्त क्षेत्रको स्वतन्त्रताको माग गरेका छन् त केहीले यसलाई पाकिस्तानमा गाभ्न माग गर्दै ३५ वर्ष लामो विद्रोहसमेत गर्दै आएका छन् ।

काश्मिर केन्द्रीय विश्वविद्यालयमा राजनीतिका प्राध्यापक नूर अहमद बाबाले भने, “नयाँ पुलले पहिलेको भन्दा ठूलो सङ्ख्यामा आउने र जाने सैनिकहरूको आवागमनलाई सहज बनाउनेछ ।” साथै यो पुलले सर्वसाधारण मानिस र सामानको आवागमनलाई पनि सहज बनाउने उनले बताए ।

यसले काश्मिरका केही मानिसहरूलाई असहज बनाएको छ । उनीहरूले पुलको सहज पहुँचले जमिन किन्न र बसोबास गर्न आउने बाहिरी मानिसहरूको सङ्ख्या बढ्ने विश्वास गर्छन् ।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि भूमिको स्वामित्वसम्बन्धी कडा नियम हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्