२३ भाद्र २०८१, आईतवार
अर्थ मुख्‍य समाचार

सुनचाँदीको मूल्य घट्यो

१० साउन, काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज २४ सय रूपैयाँले  घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्