६ आश्विन २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला एसिया कपको उपाधीका लागि आज भारत र श्रीलंका भिड्ने

साउन १३, काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने भएका छन् ।

दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो ।

भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ ।

भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको हो ।

पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् ।

आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्