३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

‘बच्चा उमेरमा लागेको हेपटाइटिस ‘बि’एकदमै संवेदनशिल हुन्छ’

साउन १३,  तुलनात्मक रुपमा नेपालमा हेपटाइटिस ‘बि’ र ‘सि’ को संक्रमण कम छ
हेपाटाइटिसकापाँचप्रकार छन् । हामीले सामान्यत जन्डिसलाईहेपाटाइटिस भन्ने गर्छौं । यसमापनिक्रोनिक र अक्यूड दुई प्रकारका छन् । दिर्घकालीन र छोटो अवधीकालागिदुई प्रकारका हेपाटाइटिस मानिसहरुलाई हुने गर्छ । भाइरल हेपाटाइटिस‘ए’ र ‘इ’हाम्रो समाजमा बढी देखिने गर्छ । तर विश्वभरको परिप्रेक्ष्यमाभाइरल हेपटाइटिस ‘बि’र ‘सि’ को बारेमा बढीछलफल भएको देखिन्छ र जोखिमपनिबढी हुनेगर्छ । अहिलेको अवस्थामासंसारभरमा करिब ३० करोड मान्छेहरुलाई हेपटाइटिस ‘बि’र ‘सि’ले संक्रमण गरेको छभन्ने तथ्यांक छ । २०२२ सम्ममासबै भाइरल हेपटाइटिस ‘बि’ले मात्र२५ करोड जतिमानिसलाई संक्रमण गरेको भन्ने तथ्यांक छ ।

त्यसमध्ये हेपटाइटिस ‘बि’र ‘सि’को संक्रमण पश्चिमी राष्ट्रभन्दा नेपालमाअलिकम नै छ । तर जतिपनि छ त्यो अलि बढि संवेदनशील नै छ । किनभने हेपटाइटिस ‘बि’को दिर्घकालिन असरहरु हुन्छ । यसको प्रभावपनि बढी नै हुन्छ । यसबाट कलेजोको क्यान्सर पनि हुनसक्छ ।त्यसकारण हेपटाइटिस‘बि’ र ‘सि’एकदमै संवेदनशिलभएको हुनाले नेपालमाजति संख्यामा छ तिनीहरुको अवस्थालाई ध्यानमा राखेर हेपटाइटिस ‘बि’ र ‘सि’लाई पनिकमजोर ठान्नु हुँदैन् ।

हेपटाइटिस ‘बि’बच्चैमा लागेको छ भने करिब ९५ प्रतिशतजति जनसंख्यामा पछि गएर क्रोनिक् हेपटाइटिस हुने सम्भावना छ । बच्चाबेलालागेको हेपटाइटिस ‘बि’एकदमै संवेदनशिल हुन्छ । यो पछि क्रोनिकहुने संभावना हुन्छ । बच्चाबेलामाहुने बेलाको हेपाटाइटिसलाई जसरीभएपनि नियन्त्रण गर्ने प्रयासमा लाग्नुपर्छ । हेपटाइटिस ‘बि’ को भ्याक्सिन छ । समयमा नै भ्याक्सिनदिनसक्यौभने हेपटाइटिस‘बि’बाट पूर्ण रुपमामुक्तिपाउन सकिन्छ । त्यसकारण यो अति नै आवश्यक छ ।

हेपटाइटिस ‘बि’ र ‘सि’बीचतुलना गर्नुपर्दा हेपटाइटिस ‘बि’को औषधिहरु पाइन्छ तर ‘सि’को सुई पाइँदैन् । तर उपचार संभव छ । तथापी, पूर्ण रुपमानिर्मूलनहुन सक्छ । उपचार हुन्छ तर त्यसको पूर्ण नियन्त्रणमा नआउन सक्छ । यसको औषधिभएपनिएकदमै महंगो हुन्छ । औषधिभएर मात्र के गर्ने जनताले त्यसलाई किनेर खाननसकेपछि ज्यान जोखिममा पर्नसक्छ । त्यसकारण सरकारले यसको लागिकेहीव्यवस्था गर्ने हो भने जनतालाई राहत हुन्छ ।

नेपालीहरु हेपटाइटिस भएपछि जडिबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिस भनेर सामान्यमानेर आवुर्वेदिकऔषधिको भर पर्छन् ।आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममापुग्न सकिन्छ । यसकालागिसबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतनाहो । जनचेतना फैलाउनैपर्छ । हेपटाइटिस जडिबुटि खाएर मात्रनिको हुँदैन् ।जडिवुटी सेवन गर्नेबितिकै जन्डिस निको हुने होइन् । यसकालागि रगतजाँच गरेर वास्तविकतापत्ता लगाउनुपर्छ ।

हेपाटाइसिसका लागि सरकारले राष्ट्रिय नीति बनेको सुन्नमाआएको छ तर यसमाप्रशस्तअध्ययन र वास्तविकतापत्तालगाएर मात्रनीतितयार गर्नुपर्छ । सबैखाले हेपाटाइसिसलाई सम्बोधन गर्नेगरी नीतिबनाउनु जरुरी छ । हिजोआजदुब्र्यसनीका कारण युवाहरुमा हेपाटाइसिस ‘सि’को जोखिम बढ्दो छ । टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात मुन्द्रीलगाउने चलनले पनि‘बि’ र ‘सि’को जोखिम बढ्दो छ । यसको उपचार पनिखर्चिलो हुन्छ । भाइरसको संख्या बढी देखियो भने खर्च थप बढ्ने र औषधिपनिमहंगो हुने भएकाले सबैले उपचार गर्न नसक्ने अवस्थाआउन सक्छ । यसकालागि सरकारले सहुलियतको व्यवस्था गर्नुपर्छ । जे भएपनिहेपाटाइसिसका लागिखानपानमिलाएर मात्र खानुपर्छ । फ्याटी लिभर र रक्सीकाकारण हुने लिभरको अन्तिम रुप सिरोसिस हुने भएकाले यसको उपचार एकदमै छिटो गर्नुपर्छ । हेपाटाइसिसभन्दैमा सामान्य रुपले हेर्दा विस्तारै जोखिम बढ्नसक्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले हेपटाइटिस लाग्ननदिनको लागिशारीरिक अभ्यासहरु पनि गर्नुपर्छ । यो नै बढि प्रभावकारी हुनसक्छ । दैनिकबानीव्यहोरामा परिवर्तन गर्नुपर्छ । साबुनपानीले हातधुने, उमालेर मात्रपानीपिउने, खानपानमाध्यानदिने साथै शारीरिक अभ्यास गर्नेलगायतकाकामहरु गर्नुपर्छ ।(नेपालन्यूज बैंकसँगको कुराकानीमाआधारित)

प्रतिक्रिया दिनुहोस्