६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

खुकुरी देखाई लुटपाट गर्ने पक्राउ

१३ साउन, काठमाडौं । खुकुरी देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा मकवानपुर पदमपोखरी घर भएका ५२ वर्षीय धन बहादुर स्याङ्ताङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

नागर्जुन नगरपालिका–७ बिन्दवासिनी मन्दिर नजिकैको जंगलमा तीन जना अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाई लुटपाट गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा लुटपाट गर्ने समूहका नाइके धनबहादुरलाई पक्राउ गरेको हो ।

उनको साथबाट सुनको औठी ४ थान, सुनको सिक्री १ थान, सुनको लकेट १ थान, सुनको ब्रासलेट २ थान, कानमा लगाउने सुनको रिङ २ थान, सुनको सिक्रीको टुक्रा १ थान, चाँदीको ब्रासलेट १ थान, खुकुरी २ थान र नगद १३ हजार ४ सय रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले तनहुँ, आबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७० क्याप्सुल सहित ब्यास नगरपालिका–१ बस्ने १९ वर्षीय मनिष परियारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका–६ पुरानो साराङघाटबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ९० ग्राम सहित देवघाट गाउँपालिका–३ फिदिम स्वाँरा बस्ने २२ वर्षीय पोमराज गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले घुमाउनेबाट साराङघाटतर्फ जाँदै गरेको बा.प्र.०३–००४ प १८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही नगरपालिका–७ बस्ने २८ वर्षीय झक बहादुर खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटीसफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै सोधपुछको क्रममा उक्त घटनामा मेचिनगर नगरपालिका–७ बस्ने ३० वर्षीय खडग बहादुर दर्जीको संलग्नता रहेको भन्ने खुल्न आए पश्चात प्रहरीले दर्जीलाई समेत नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्