१४ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति

सहकारीका विषयमा राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव

१३ साउन, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा बिभिन्न राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव लिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा मौखिक तथा लिखित सुझाव दिएको सभापति भापति सूर्य थापाले जानकारी दिए ।

उनले भने,‘अहिलेको सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा संसदले हामीलाई प्रदान गरेको कार्यदेशमा आधारित भएर सुझाव दिन लिखितद्धारा पत्रचार गरेका थियौं । आज एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बैठकमा लिखित रुपमा सुझाव हस्तानतरण गर्नुभएको छ । अन्य केही दलले पनि मौखिक तथा लिखित सुझाव दिनुभएको छ ।’

उनले आजै चाटर्ड एकाउन्टेन्टसम्बन्धी संस्थाका प्रतिनिधिसँग छलफल गरेको पनि उनले जानकारी दिए । सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्