२६ कार्तिक २०८१, सोमबार
अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

भाले बाघले आफ्नो क्षेत्रमा पाँचवटासम्म पोथी भएको रुचाउँछ : डा.चिरन्जीवी प्रसाद पोखरेल

निर्देशक राष्ट्रिय प्रकृति संरक्षण कोष

१४ साउन, काठमाडौँ । बाघले जे पाएपनि झ्याप्प आक्रमण गर्छ भन्ने होइन् । बाघले एउटा शिकार गर्नका लागि धेरै नै शक्ति खेरा फाल्छ । बाघले अगाडिबाट अथवा पछाडिबाट आक्रमण गर्ने भन्ने विषय उसको आचरण भित्र पर्ने कुरा हो ।

बाघ भन्ने वित्तिकै हिंसात्मक जनावरको रुपमा बुझ्ने गरिन्छ । मैंले फिल्डमा काम गरेको अनुभवका हिसाबले बाघ भनेको एउटा शक्तिशाली जनावर हो जुन एकदमै शान्त वातावरणमा बस्न रुचाउँछ । बाघ एकदम सुन्दर जनावर पनि हो । बाघ जंगिदा देखिने उसको शारीरिक बनावट डरलाग्दो देखिन्छ । नत्र उ एकदम शान्त स्वभावको हुन्छ । घरमा पालिने विरालो जस्तै हो, यसको आकार मात्र ठूलो हुन्छ । बन जंगलमा बस्ने यसले वातावरणीय सुन्दरता पनि बढाएको छ । हामीले जानेको बुझेको र भोगेको आधारमा भन्ने हो भने बाघ सुन्दर र शान्त जनावर हो ।

सरकारले बाघ संरक्षणको लागि नीति ल्याएर बाघको संरक्षण गरिरहँदा संरक्षित क्षेत्र वरपर रहेका बाघ पीडित स्थानीयहरुको नजरमा भने बाघ फरक ठानिएको होला । केही मानिसको आफ्नै गल्तीका कारण पनि बाघबाट पीडित हुन परेको छ । बाघ र मानिसको युद्धका कारणले यसलाई फरक हिसाबले हेरिएपनि बाघ मानव जीवनका लागि पनि महत्वपूर्ण जनावर हो । यसले विषेशगरी पारिस्थितिक प्रणाली संरक्षणका लागि र विषेशगरी मधेशमा सन्तुलन कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको छ । मधेशमा रहेका धेरै प्रजातिका जनावरहरुलाई पनि एउटा सन्तुलनमा राख्न सक्ने महत्वपूर्ण बन्यजन्तु हो बाघ ।

नेपालको पर्यटनको क्षेत्रमा समेत बाघले महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा बाघलाई मात्र हेर्न भनेर आउने विदेशी पर्यटकहरु समेत छन् । संसारका १३ वटा देशमा मात्र बाघ पाइन्छ भन्ने तथ्य थियो । एक दुई देशमा त बाघहरु लोप हुँदै पनि गएका छन् । केही देशमा यसको संख्या निरन्तर घट्दै गएपनि नेपाल भने एक अब्बल र आशावादी हुने ठाउँमा आइपुगेको छ । यद्यपी, हामी कहाँ चुनौतीहरु समेत थपिँदै गएका छन् । बाघ हुनुको फाइदा र हानी समेत बराबर छ । त्यसैले पनि धेरैले हिंसात्मक जनावरका रुपमा बुझ्दै आएका छौं ।

रसिया युरोपियन देश भएपनि एसियातर्फको क्षेत्रमा मात्र बाघ पाइने गरिन्छ । सायद प्रकृतिले त्यसै हिसाबले दिएको हो । एसिया महादेशका विभिन्न ठाउँहरुमा पाइने गरेपनि अहिले एकदमै थोरै क्षेत्रमा मात्र भेटिने गर्छ । बाघको आचरण पनि प्रकृतिकै देन हो । बाघको एसिया क्षेत्रमा हुनु प्रकितीकै देन हो । बाघको अन्य देशमा समेत लगेर पाल्ने गरेको भएपनि विषेशगरी एसिया क्षेत्रमा प्रकृतिमै उत्पत्ति भएका हुन् भन्ने अध्ययनले देखाएको छ ।

बाघले जे पाएपनि झ्याप्प आक्रमण गर्छ भन्ने होइन् । बाघले एउटा शिकार गर्नका लागि धेरै नै शक्ति खेल फाल्छ । बाघले अगाडिबाट अथवा पछाडिबाट आक्रमण गर्ने भन्ने विषय उसको आचरण भित्र पर्ने कुरा हो । कुनैपनि विरालो प्रजातीका जनावरहरुको आक्रमण गर्ने छुट्टै आचरण हुन्छ । तर, अरुलाई आक्रमण गर्ने क्रममा ९० प्रतिशतसम्म बाघ फेल हुन्छ । अर्को कुरा बाघले मानिसलाई देखिहाल्ने वित्तिकै आक्रमण गर्ने भन्ने विषय पनि गलत हो । नजिकै जम्काभेट भइहाले डिफेन्सका लागि गर्ला, त्यो फरक कुरा हो । तर अलि टाढा देखियो भने उसले आक्रमण नगरी आफ्नै बाटोबाट निस्किएर जान्छ  ।

बाघले एकपटक आक्रमण गरेको कति दिनपछि फेरि आक्रमण वा शिकार गर्छ भन्ने ऋतुले पनि फरक पार्छ । चिसो समयमा एकै समयमा ४०–५० किलो नै मासु खाएर सुरक्षित स्थानमा बस्छ । शिकार पनि सुरक्षित गर्छ । एक हप्ताको लागि सुरक्षित ठाउँमा पनि राखेर फेरि आएर खाने गरेको हामीले पाएका छौं । गर्मी सिजनमा भने मासु छिट्टै कुहिने गर्छ । कुहिएको मासुमा उसको खासै आकर्षण हुँदैन । बाघले जहिले पनि सिजन र आवश्यकता अनुसार मात्र शिकार गर्ने गर्दछ । पोथी बाघले बच्चाहरु हुर्काउने समयमा अलि बढि नै शिकार गर्ने संभावना हुन्छ । औसतमा बाघले एकपटक शिकार गरेको अवस्थामा चार पाँच दिनलाई पुग्ने भएको कारणले यस्तै अन्तरालमा बाघले शिकार गर्ने गरेको पाइन्छ ।

संसारमा बाघका नौ प्रजाती थिए । त्यसमध्ये अहिलेसम्म तीनवटा प्रजाती लोप भइसकेका छन् । ६ वटा प्रजाति अहिले पनि छन् । जसमध्ये पनि सबैभन्दा बढी नेपालमा भएको बाघ हो । भाले बाघ र पोथी बाघको वजनको तुलना गर्ने हो भने पोथी बाघ भाले भन्दा झण्डै आधा कम हुन्छ । व्यवहारको हिसाबले पनि फरक हुन्छ । भालेले एउटा क्षेत्रफल नै ओगटेको हुन्छ । उसले आफ्नो क्षेत्रमा चार–पाँचभन्दा बढी पोथी बाघहरु हुन् भन्ने रुचाउँछ ।

बाघको संरक्षण सरकारको प्राथमिकतामा रहेको छ । यसकारण १० देखि १५ वर्षको अवधिमा बाघको संख्या बढेर दोब्बर हुन पुगेको छ । बाघको सन्दर्भमा देखिएका चुनौतीहरुको सामना गर्दै नेपाललाई बाह्य पर्यटकको मुख्य गन्तव्य बनाउन सकिन्छ । यसका लागि सरकारले विभिन्न योजना तथा कार्यक्रमहरु ल्याउनु आजको आवश्यकता हो । बाघ संरक्षणलाई आम्दानी र आर्थिक वृद्धिको क्षेत्रमा देशलाई योगदान दिने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ।

बाघले मानिसलाई देख्नेवित्तिकै आक्रमण गर्छ भन्नु गलत :

डा.चिरन्जीवी प्रसाद पोखरेल

निर्देशक

राष्ट्रिय प्रकृति संरक्षण कोष

–(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्