६ आश्विन २०८१, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

पेरिस ओलम्पिकः प्रिन्सको लगातार दोश्रो हार

साउन १५, पेरिस । नेपालकाप्रिन्स दाहाल पेरिस ओलम्पिक२०२४ को ब्याडमिन्टनमा मंगलबार पराजितभएका छन् ।

फ्रान्सको पेरिसस्थितलाचापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमाविश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हातगुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे ।

गुयेनलाई नतिजाआफ्नो पक्षमापार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७मिनेटमा आफ्नो पक्षमापारेका गुयेनले दोश्रो सेट जित्न १८ मिनेट खर्चे ।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोश्रो सेटमा ४ अंक जोडेका थिए । आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोश्रो सेटमा १७अंक बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिताहो । उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए ।

विश्व वरीयतामा १सय७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोश्रो हार हो । समूह चरणको पहिलो खेलमापूर्व जुनियर नम्बर वानप्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए ।
समूह चरणको अन्तिम खेलमाप्रिन्सले ५८ औं विश्व वरीयताका इजरायलका मिसाजिल्बरम्यानसंग बुधबार प्रतिस्पर्धा गर्ने छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी छन् ।

ओलम्पिकमा ब्याडमिन्टन नेपालकालागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भागलिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्