७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

अवैध लागूऔषध सहित दुईजना पक्राउ

१५ साउन, काठमाडौं । अवैध लागूऔषध सहित प्रहरीले दुईजनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जि. नुवाकोट पञ्चकन्या गा.पा.वडा न. ६ घर भई हाल का.जि. तारकेश्वर न.पा. वडा नं. ८ बस्ने वर्ष २२ को रोशन थापा र जिल्ला नुवाकोट ककनी गाउँपालिका वडा नम्वर ७ घर हुने वर्ष ३० को राकेश बलामी रहेका छन् ।

का.जि. तारकेश्वर नगरपालिका वडा नं. ०२ जरङखु मेलमिलाप टोल स्थित शोभा श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथमा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८.५ ग्राम र नगद सात हजार चार सय रुपैया बरामद गरिएको छ ।

शोभा श्रेष्ठको भुई तलामा लागु औषध बिक्री वितरण भई रहेको छ भन्ने सूचना प्राप्त हुना साथ प्रहरी वृत्त बालाजुबाट प्रहरी टोली खटी गई उक्त घरमा डेरा कोठा गरी बस्ने निजहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्