७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

ठूला दुई दलको सहकार्यले टीआरसीलाई टुङग्याउँने विश्वास छ : देवी खड्का

काठमाडौं । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले दुई ठूला दलको सहकार्यले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई  टुङग्याउँने विश्वास व्यक्त गरेकी छन् ।

मंगलबार पीडित केन्द्रित संक्रमणकालीन न्याय कार्यान्वयनको सवालः आयोग, परिपुरण नीति तथा संरचनामा पीडितहरुको निर्णायक भूमिका अन्र्तक्रिया कार्यक्रममा उनले शान्ति प्रक्रिया सम्बन्धी कानून चाँडो पास हुन आवश्यक रहेको बताईन् ।

उनले भनिन्, ‘कानून पास गर्ने कुरा रोकिनु भएन छिटो प्रक्रियामा गएर पास हुनुप¥यो । कानूनको कार्यान्वयन गर्ने प्रक्रियामा जानुप¥यो । हामीलाई विश्वास छ र सकारात्मक आशावादी पनि छौं । अहिलेको हाम्रो लोकतन्त्रको इतिहासमा ठूला दुई वटा दलको सहकार्यले यो टुङग्याउँछ ।’

उनले कानून, न्यायको अवस्था समय धार्मिक, सामाजिक सांस्कृतिक देशको हावा पानी, माटो र परम्परामा नि सुहाउँदो हुनुपर्ने बताईन् । सिमित समाज, जनचेतना, पीडितको पहुँचको लागि काम गर्ने र कूटनीतिक नियोगहरुले आ–आफ्नो पक्षबाट आवश्यक कुराहरु त्याग गर्न नसकेसम्म टिआरसीलाई टुङ्गो लगाउन नसकिने उनको भनाई छ ।

उनले भनिन्, ‘कानून कयौं कुराहरु न्यायको अवस्था समय धार्मिक, सामाजिक सांस्कृतिक देशको हावा, पानी, माटो र परम्परा पनि सुहाउँदो हुनुपर्ने रहेछ भन्ने मेरो बुझाई हो । सिमित समाज, जनचेतना, पीडितको पहुँचको लागि काम गर्ने र कूटनीतिक नियोगहरु पनि छन् । यो चार पक्षले आ–आफ्नो पक्षबाट केही आवश्यक कुराहरु त्याग गर्न नसकेसम्म यो टुङ्गो लाग्दैन् ।’

 

 

प्रतिक्रिया दिनुहोस्