३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार समाचार समाज सुदूरपश्चिम

धनगढी उपमहानगरभित्रका नागरिकलाई अबदेखि निःशुल्क रगत उपलब्ध हुने

१६ साउन, काठमाडाैँ ।  कैलालीको धनगढी उपमहानगरभित्र स्थायी रुपमा बसोबास गर्ने व्यक्तिले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट निःशुल्क रगत पाउने भएका छन्।

उपमहानगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ सहज र निःशुल्क उपलब्धत गराइने भएको छ। धनगढी उपमहानगरपालिकाले मङ्गलवार रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत पाउने व्यवस्था गरेको हो। सम्झौताअनुसार धनगढी उपमहानगरभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन्।

नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले  तिर्ने सम्झौता भएको हो। उपमहानगरपालिकाले रेडक्रसलाई त्रैमासिक रुपमा रकम भुक्तानी गर्नेछ। बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविर समेत सञ्चालन गरिनेछ। चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखा धनगढीले निःशुल्क रगत पाउने सम्झौता गरिएको हो।

प्रतिक्रिया दिनुहोस्