३१ भाद्र २०८१, सोमबार
कर्णाली पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

आन्तरिक पर्यटकको रोजाईमा रारा

१६ साउन, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल, नेपालको सबै भन्दा ठुलो ताल रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा छ ।

राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु  आउने क्रम बढ्दै गइरहेको हो ।

‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गरेका छन् ।

आर्थिक वर्ष २०८०÷०८१ को साउन देखि असार अन्तिम एक वर्षमा रारामा १७ हजार दुई सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।

जसमा महिला पुरुष गरेर १७ हजार, सार्क नागरिक ६० जना, बिदेशी नागरिक २ सय ३७ जना गरेर १७ हजार २ सय ९७ पर्यटक रारा पुगेका रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुुगुका निमित्त कार्यालय प्रमुख जयहरी धितालले बताए ।

गत वर्ष ११ हजार पर्यटक रारा पुगेका थिए । यो वर्ष ६ हजारले वृद्धि भएको छ । रारा घुम्ने समय फागुनदेखि असार अन्तिमसम्म र असोजदेखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ ।

सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला, सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन् ।

रारा आउने पर्यटक घोडा चढेर मुर्माटप, महादेव मन्दिर, लागुडा महादेव, माझघट्, मुमा गाउँसम्म पुगेर फर्किने गरेका छन् । रारामा आएका पर्यटक घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, रारामा रहेको दुलव असला माछा अवलोकन गर्ने गरेका छन् ।

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही नहोला । सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छाँया मिसिएपछिको दृश्य वर्णन गर्न लाएकको हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग जस्तो देखिन्छ ।

गत वर्षको साउन देखि असार अन्तिम सम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व उठाउन सफल भएको रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुगुले जनाएको छ ।

सकारात्मक पक्षको साथै यस ठाँउको केही नकारात्म पक्षहरु पनि छन् जसलाई हामीले अन्देखा गर्न सक्दैनौ । कर्णाली राजमार्ग व्यवस्थित नहुदाँ ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान हनु सकेको छैन् । यसले गर्दा रारा पुग्ने पर्यटक एक पटक आईसकेपछि पुन आउन आनाकानी गर्ने गरेको पाइन्छ ।

यसको साथै, नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तररोन्नति नहुदाँ, सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवत–जावतमा पर्यटकले सास्ती भोग्नु परेको पर्यटकहरुको गुनासो रहेको छ ।

यस्ता समस्याहरु समाधान गर्न सके अझै बढि पर्यटकलाई भित्राउने सकिने अनुमान गर्न सक्छौ ।

प्रतिक्रिया दिनुहोस्