३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विश्वासको मत नलिई सत्ता छाड्ने दाउमा

१६ साउन, काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी विश्वासको मत नलिई सत्ता छाड्ने तयारीमा जुटेका छन् । विश्वासको मत लिने अन्तिम दिन नजिकिँदै गर्दा उनले सत्ता छोड्ने तयारी गरेका हुन ।

मुख्यमन्त्री सोडारीले साउन १८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले संसदमा आफ्नो कुरा राखेर सरकार छोड्ने तयारी गरेको बताएका छन् । उनले केन्द्रका कारण प्रदेशमा जटिलता आएकाले सोही अनुसार आफू बाहिरिन लागेको बताएका छन् ।

मुख्यमन्त्री सोडारीलाई एमाले संसदीय दलका नेता राजेन्द्र रावलले नै मुख्यमन्त्री बनाउन सिफारिस गरेका थिए । तर, केन्द्रमा सत्ता समीकरण परिवर्तन आएपछि एमाले असार असार १७ गते सरकारबाट बाहिरिएको थियो । एमालेले सरकार छोड्ने बित्तिकै सोडारी अल्पमतमा परेका थिए ।

सोडारीले एक महिना अल्पमतकै अवस्थामा सरकार लम्ब्याउँदा प्रदेशको नयाँ बजेट भने आउन सकेको छैन । जसका कारण साउन १ गते देखि प्रदेशमा आर्थिक गतिविधि ठप्प रहेका छन् ।

सोडारी वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी नेकपा ९एमाले०, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र स्वतन्त्र सांसद तारा जोशी समेतको समर्थन जुटाएर उनी मुख्यमन्त्री बनेका थिए । उनी संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोडारी यसअघि सुदूरपश्चिम सरकारमा दुई पटक मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्